इँटा भट्टामा परि एकजना गम्भिर घाइते

३ चैत, वीरगञ्ज । पर्साका एकजना व्यक्ति इँटा भट्टामा परेर गम्भीर घाइते भएका छन् । सखुवा पर्सौनी गाउँपालिका-२ का ५० वर्षीय कलाम मियाँ आफ्नै उद्योगको भट्टामा परेर गम्भीर घाइते भएका हुन् ।

वीरगञ्ज महानगरपालिका-३१ बेलवामा रहेको केबीआई इँटा उद्योगको भट्टामा परेर मियाँ गम्भीर घाइते भएका हुन् । यो उद्योगका सञ्चालक मियाँ आफै हुन् ।

मियाँको शरीरको ५० प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय पर्साका नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

उनलाई नारायणी बयोधा अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी खनालले बताए । उनी भट्टा हेर्न गएको बेला त्यही खसेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु