नवलपरासीको दाउन्नेमा माेटरसाइकल दुर्घटनामा कांग्रेस युवानेताको मृत्‍यु , सबार महिलाको स्थिती गम्भिर

कंचनपुर– नवलपरासीको दाउन्नेमा माेटरसाइकल दुर्घटनामा परी गम्भिर घाइते भएका पुनर्वास नगरपालिका ६ का नेपाली कांग्रेसका युवानेता रमेश अर्याल(प्रसन्न)को भरतपुर अस्पातलमा उपचारको क्रममा निधन भएकाे छ।

काठमाँन्डाैबाट घर फर्कने क्रममा दाउन्नेमा धुलाेकाेकारण पानिहालि भिजाइएकोले मोटरसाइकल चिप्लिएर पल्टिँदा बिपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । उनी सवार से ६ प ८६७९ नम्बरको मोटरसाइकललाई नवलपरासीको दाउन्‍नेमा विपरीत दिशाबाट आईरहहेको ना ३ ख ४०९ नम्बरको ट्रकले ठक्कर दिँदा मृत्यु भएकाे हाे ।

मृत्‍यु पश्चात शबलाइ सँस्कारकाे लागि गृहजिल्ला कंचनपुर लगिएकाे छ ।

माेटरसाइकल चालकसँगै  दुर्घटनामा परेकी महिला बर्दघाट नगरपालिका ९ नवलपरासि तुलसि कँडेल रहेकि थिइन । ती महिलालाकाे स्वास्थ अवस्था चिन्ताजनक देखिएपछि भरतपुर अस्पातलमा उपचार नहुँदा हेलिकप्टरमा काठमाडौं भैँसिपाटिस्थित मेडिसिटि अस्पातलमा रिफर गरिएकाे छ ।

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु