
टस हारेर पुलिसविरुद्ध ब्याटिङ गर्दै एपीएफ
१४ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच खेल सुरु भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले पहिले ब्याटिङ गरिरहेको छ ।
एपीएफले टिममा दुई परिवर्तन गरेको छ । भेट्रान बसन्त रेग्मी र किशोर महतो बेन्चमा छन् भने शंकर राना र सूर्य तामाङ प्लेइङ सेटमा छन् ।
एपीएफ समूह ए को विजेता र पुलिस समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।
तेस्रो संस्करणमा पनि एपीएफ र पुलिस सेमिफाइनलमा खेलेका थिए । जहाँ पुलिसले एपीएफलाई हराउँदै फाइनल पुगेको थियो ।
पुलिस र एपीएफबीचको विजेताले यस सिजन उपाधिका लागि बागमती र त्रिभुवन आर्मीबीचको विजेतासँग फाइनल खेल्नेछ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



