
एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै
२९ जेठ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।
महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ ।
एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


