शिरीष गौतमद्वारा अभिनित मनै छुने शब्दसंगीत भएको म्युजिकभिडियो “मेशिन बन्नुपर्छ” युट्युवमा सार्वजनिक

अष्ट्रेलिया। मोडल शिरीष गौतमद्वारा अभिनित मनै छुने शब्दसंगीत रहेको गीतको म्युजिक भिडियो “मेशिन बन्नुपर्छ” विहिवार युट्युवमा सार्वजनिक भएको छ । निकै उत्कृष्ट शब्दसंगीत रहेको यस म्युजिक भिडियो जापानका विभिन्न रमणीय ठाँउहरुमा छायांकन गरिएको हो । म्युजिक भिडियोमा परदेशको भुमिमा कस्तो दु:खका साथ काम गर्नुपर्छ भनी पर्दामा देखाउन खोजिएको छ ।


नेपाली संगीत र साहित्यको गहिराइमा रमाउने कञ्चनपुरको बेलौरीका युवा गौतमद्वारा अभिनित यस सांगीतिक कोशेली नेपाली आमदर्शक माझ सार्वजनिक गरिएको छ । यस म्युजिक भिडियो आम नेपालीदर्शकश्रोताले अत्यधिक मन पराउने अनुमान गर्न सकिन्छ । नृत्य अनि मोडलिङमा रुचि राख्ने गौतमको मोडलिङ यात्रा केहि बर्ष अधिबाट नै सुरु भैसकेको हो ।


जापानलाई कर्मथलो बनाउदै एक दशक भन्दा बढी समय परदेशमा बस्दै आउनुभएका गौतमलाई मोडलिङ मोहले भने पछ्याईरह्यो । नेपाल जाँदा त्यही मौकामा एकदुई वटा म्युजिक भिडियोहरुमा समेत मोडलिङ गर्दै आउनुभएका गौतमले अबभने जापानबाट नै मोडलिङ यात्रा सुरु गर्नुभएको छ ।


पछिल्लो समय सर्वाधिक चर्चामा रहेको मोबाइल एप्लिकेसन टिकटकमा समेत आफ्नो कला तथा नृत्य देखाएर गौतमले चर्चा बटुलिराख्नुभएको छ । गौतमको सर्लक्क परेको जिउडाल, गोरो अनि हिस्सी परेको अनुहार अनि आकर्षक व्यक्तित्वले जो कोहिलाई पनि लोभ्याउछ । नेपाली मोडलिङ क्षेत्रमा स्थापित हुन सक्ने क्षमता भएका गौतमले एकपछी अर्को म्युजिक भिडियो दिइराख्नुभएको छ ।


उनै मोडल शिरीष गौतमले अभिनय गर्नुभएको “मेशिन बन्नुपर्छ” गीतको म्युजिक भिडियो टिकटकमा समेत रुचाईएको छ । जिएमएस म्युजिक एन्ड फिल्मस् जापानको पोस्ट प्रोडक्सनमा बनेको यस म्युजिक भिडियोको निर्देशक गोविन्द विष्टले गर्नुभएको हो ।

जापानलाई नै कर्मथलो बनाउदै आउनुभएकी एक सुन्दर युवती मोडल शिरीषा अधिकारीले गौतमसंग स्कृन शेयर गरेकी छन मारुनी स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा स्वर तथा संगीत सुर्य खड्काले दिनुभएको छभने शब्द पिताम्बर चापागाईं र एरेन्ज कमल सौरागले गर्नुभएको हो ।

Sagoon Host

हेर्नुस् म्युजिक भिडियो :- 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



हेमन्त न्यौपाने पहिलो प्रहरका सम्पादक हुन ।