
ग्याँस सिलिण्डर पड्किँदा बस्नेतको मृत्यु, २ जना गम्भीर
१३ चैत, काठमाडौं । यही चैत ८ गते साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका-५ स्थित भीमेश्वर म:म: एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर घाइते भएका टीकाराम बस्नेतको मृत्यु भएको छ ।
दोलखाको सैलुङ गाउँपालिका-६ घर भई हाल सूर्यविनायक-४ बस्दै आएका बस्नेतको कीर्तीपुर बर्न सेन्टर अस्पताल उपचारका क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनी पसल सञ्चालक हुन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


