
एसियाडबाट नेपालले धेरै कुरा सिक्ने मौका पायो । : मन्त्री लिम्बु
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता(एसियाड)बाट नेपालले धेरै कुरा सिकेको बताउनुभएको छ । उक्त प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन र नेपाली खेलाडीहरुलाई हौसला प्रदान गर्न मन्त्री लिम्बु आफै चीन गएर हालै स्वदेश फर्कनुुभएको हो ।

नेपाली खेलाडीहरुले उलेख्य पुर्व तयारी विना नै एसियाडमा प्रतिस्पर्धा गर्नुपरेको बताउदै मन्त्री लिम्बुले भन्नुभयो, “नेपाली खेलाडीहरुले पर्याप्त तयारी गर्ने अवसर नै पाएनन् । २ महिना मात्र बन्दसत्रमा बस्न पाए । यो तथ्यलाई मध्यनजर गर्दै आगामी दिनमा हामी खेलाडीको उच्च मनोबल कायम गर्ने ढंगले सुदृढ भएर अघि बढ्नेछौं ।” चीनमा जारी एसियाडमा नेपाली खेलाडीहरुले जे जस्तो नजिता प्राप्त गरे पनि उनीहरुले धेरै कुरा सिकेको मन्त्री लिम्बुले बताउनुभयो ।
यसपालीको एसियाडमा नेपालको तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ। जसमा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडी सहभागी हुनेछन् । हालसम्म नेपालले महिला कबड्डीतर्फ कम्तीमा कास्य पदक जित्ने निश्चित भएको छ । चीनले आयोजना गरेको १९औ एसियाडको भव्यता र सफल व्यवस्थापनको पनि मन्त्री लिम्बुले खुलेरै तारिफ गर्नुभयो । सरकारले एसियाडबाट फर्किने खेलाडीहरुको भव्य स्वागत गर्ने जानकारी दिदै मन्त्री लिम्बुले अब आगामी बर्ष कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य रुपमा सफल पार्न केन्द्रित हुने बताउनुभएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


