माघे शक्रान्तिको खुशी दिन काठमान्डौबाट पोखरा हिंडेकी गायिका दुनियाँलाई रुवाउदै बिदा भइन

 

उनले आफ्नो फेसबूकको वालमा लेखेकी थिइन ”छन्त्याल भवन काठमाडौंको माघि सकियो अब भोलि पोखरामा रमाइलो गर्नु पर्छ” उनको यो पोखरमा गएरमाइलो गर्ने चाहना कहिले पुरा नहुने गरी सकिएको छ ।

काठमाडौं– काठमाडौंबाट कार्यक्रम सकाएर बिदा हुँदै पोखरको माघे शक्रान्तीको कार्यक्रममा जादै थिइन लोक गायिका निरा छन्त्याल । उनले आफ्नो फेसबूकको वालमा लेखेकी थिइन ”छन्त्याल भवन काठमाडौं को माघि सकियो अब भोलि पोखरा मा रमाइलो गर्नु पर्छ” उनको यो पोखरमा गएर रमाइलो गर्ने चाहना कहिले पुरा नहुने गरी सकिएको छ  ।

दैबको खेल कसले जानेको छ र ?  पोखरामा आइतबार भएको दुखद: बिमान  दुर्घटनामा उनै गायिका छन्त्याल लगायत थुप्रैको सपना जलेर सकिएको छ ।

दुर्घटनामा परी हालसम्म ६८ जनाको ज्यान गइसकेको छ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०:५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।

 

दुर्घटना भएको विमानमा चालक दलका ४ र ६८ गरी ७२ जना सवार थिए । यती एयरलाइन्सका अनुसार विमानमा सवारमध्ये ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु थिए भने उनीहरूमध्ये ५३ नेपाली नागरिक थिए भने ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्ट्रेलियन, १ आइरिस र १ फ्रान्सेली गरी १५ जना विदेशी नागरिक थिए ।

 

Yeti air
दुर्घटना भएको विमान

 

गायिका निरा छन्त्याल

 

Sagoon Host

May be an image of 8 people and people standing

 

May be an image of 1 person, standing and outdoors
गायिका निरा छन्त्याल काठमाडौंको कार्यक्रममा
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु