कांग्रेस संस्थापन इतर जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् ।

नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र आगामी चुनावमा केन्दि्रत रहेर छलफल गरी आवश्यक रणनीति बनाइने बताए । उनले यो छलफल अनौपचारिक भएको पनि बताए ।

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक-पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न बिभिन्न जिल्लाका कांग्रेस सभापतिहरु काठमाडौं आएका छन् । छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु