युवाहरूमा कसरी रक्सी पिउने बानीको विकास गर्न सकिन्छ भनेर जापान सरकारले सुरु गर्‍यो अध्ययन

टोकियो, भदौ ३-

जापानको सरकार अहिले संसारका धेरै मुलुकलाई अनौठो लाग्ने काम गरिरहेको छ। अरू देशका सरकार आफ्ना युवाहरूलाई जाँड-रक्सी नखाऊन् भनेर विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका हुन्छन्। कतिपय ठाउँमा त रक्सीको सार्वजनिक बेचबिखन नै प्रतिबन्ध लगाइएको छ।

सिएनएनका अनुसार जापान सरकार भने आफ्नो देशका युवायुवतीले रक्सी खान छोडेकोमा चिन्तित छ। युवाहरूमा कसरी पिउने बानीको विकास गर्न सकिन्छ भनेर अहिले जापान सरकार अध्ययन गरिरहेको छ।

नेशनल ट्याक्स एजेन्सीको निगरानीमा अहिले एउटा प्रतियोगिता आह्वान गरिएको छ। उक्त प्रतियोगितामा युवाहरूमाझ रक्सीको माग बढाउन के(के गर्न सकिन्छ भन्ने प्रस्ताव पेस गर्नु पर्नेछ। ‘सेक भाइभा’ नाम दिइएको उक्त प्रतियोगितामा सेप्टेम्बर ९ सम्म प्रस्ताव पठाउन सकिनेछ। प्रतियोगितामा उत्कृष्ट हुने प्रस्तावलाई कार्यान्वयन गर्न सरकारले सहयोग गर्नेछ।

युवाहरूमाझ रक्सीको माग बढाउन सरकारले प्रस्ताव माग गरेपछि केहीले यसको आलोचना पनि गरेका छन्।

सरकारले भने युवा-युवतीहरूमा रक्सीको खपत कम हुँदा राजश्वमा कमी भएको बताएको छ। जापानी युवा-युवतीहरूमाझ रक्सीको खपत कम हुनुमा दुइटा कारण छन्।

पहिलो, जन्मदर। सन् २०१९ को तथ्यांकअनुसार एक जना जापानी महिलाले आफ्नो जीवनकालमा औसतमा १.३६ बच्चा जन्माउँछन्। यसको असर जनसंख्यामा परेको छ। अहिले जापानको जनसंख्या वृद्धिदर ऋणात्मक छ। जन्मदर कम हुँदा जनसंख्यामा युवाहरूको हिस्सा सानो र बुढाबुढीको हिस्सा ठूलो हुँदै गएको छ। जनसंख्या नै कम भएपछि केही दशक पहिलाभन्दा अहिले रक्सी सेवन गर्ने युवा-युवती कम भएका छन्। ४० देखि ६९ वर्षसम्मका जापानीहरूमध्ये झन्डै ३० प्रतिशतले हरेक साता तीन वा सो भन्दा धेरै पटक रक्सी पिउने गर्छन्। सातामा दुई-तीन पटक रक्सी पिउने २० देखि २९ वर्षका युवा-युवतीहरू भने ७.८ प्रतिशतमात्रै छन्।

Sagoon Host

दोस्रो, कोरोना महामारी रोक्न लगाइएको प्रतिबन्ध। सन् २०१९को अन्तिमतिर सुरू भएको कोरोनाभाइरसको महामारीलाई रोक्न जापान सरकारले पनि निकै कडा प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको थियो। प्रतिबन्धको सबैभन्दा ठूलो मार जापानका रेष्टुरेन्ट र पबहरूमा परेको थियो। खाने, पिउने ठाउँ लामो समय बन्द हुँदा स्वदेशी तथा विदेशी रक्सीको खपत स्वाट्टै घटेको थियो। घरमै बसेर पिउनेहरूको संख्या बढे पनि त्यसबाट महामारीभन्दा पहिलाको जति राजश्व उठन् सकेन।

रक्सीमाथिको कर जापान सरकारको एक प्रमुख आयस्रोत हो। सन् १९८० मा रक्सीबाट उठाएको कर कुल कर राजश्वको पाँच प्रतिशत थियो। सन् २०११ मा आएर त्यो कुल कर राजश्वको तीन प्रतिशतमा झरेको थियो।

गत वर्ष रक्सीको करबाट उठेको पैसा जापान सरकारको अरू करबाट उठाएको पैसाको १.७ प्रतिशत मात्र थियो।

20% OFF SAGOON

रक्सीको स्वदेशी बजारलाई धरासायी हुन नदिन र राजश्व बढाउन जापान सरकारले युवाहरूलाई रक्सी पिउने बनाउने अहिले उपाय खोजिरहेको हो।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु