इमरजेन्सी लाइटमा लुकाएर ल्याइएको ७ सय ७० ग्राम सुनसहित विमानस्थलबाट एक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोल्पा ठूलो भेरी नगरपालिका-७ का ३३ वर्षीय विष्णुबहादुर शाही छन्। शाहीलाई बिहीबार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख

एसएसपी राजेशनाथ बाँस्तोलाले बताए।

फ्लाई दुबाईको विमानबाट आएका शाहीले बोकेको झोला विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गरेका थिए। लगेजभित्र इमरजेन्सी लाइटमा लुकाएर ल्याएको सुन बरामद भएको एसएसपी बाँस्तोलाले बताए।

उक्त सुन लिन आएका स्याङ्जा पुतलीबजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु