पीएम टी-२० कप : प्रदेश २ को पहिलो जित

२७ पुस, काठमाडौं । प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले पहिलो हात पारेको छ ।

समूह बी अन्तर्गत मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको ११७ रनको लक्ष्य प्रदेश २ ले १८.१ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो ।

प्रदेश २ का लागि कप्तान हसिम अन्सारीले सर्वाधिक २६ रन बनाए भने सन्तोष कार्कीले २३ रन जोडे । उनले समान दुई चौका र दुई छक्का प्रहार गरे । हरीकृष्ण झाले १७ रन बनाए ।

गण्डकीका कृष्ण पौडेलले सर्वाधिक ३ तथा विशाल पौडेल र सुवास भण्डारीले २-२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४१ रन बनाए भने सन्दीप क्षेत्रीले २७ रन जोडे ।

Sagoon Host

प्रदेश २ का आदिल आलमले २ तथा जितेन्द्र यादव, हरिशंकर शाह र विवेक यादवले समान १ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु