तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

नवलपरासी (पूर्व)– देवचुली नगरपालिका-१४ साहारा चोक बस्ने ४४ वर्षीय सुरेन्द्र श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८१ हजार ७ सय ५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु