ललिता निवास प्रकरण : १ सय १० विरुद्ध पक्राउ पुर्जी

काठमाडौं, १६ पुस बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारी, बिचौलियासहित १ सय १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले बताए।

पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विभिन्न समयमा व्यक्तिको नाममा नामसारी गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु