नेपाल र भारतबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिइने समझदारी

काठमाडौं । नेपाल र भारतसरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताका लागि समझदारी भएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र स्वास्थ्य सचिव डा. रोशन पोखरेलबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारीसंगै भारत र नेपाल मध्ये कुनै एक देशको कोरोना खोप प्रमाणपत्रले दुवै देशमा मान्यता पाउनेछ । अब दुवै देशका नागरिकले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिएर मात्रै आवतजावत गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु