माओवादी महासचिवमा ७ नेताको दाबी

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् ।

नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका थिए । आफूहरुले ‘जसलाई बनाए पनि बनाउनुस्’ भनेको भन्दै उनीहरुले भनेका थिए, ‘बाहिर किन यस्तो गयो ? जति ढिला भयो, त्यति हामीलाई विस्थापित गर्ने खतरा छ ।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु