नारायणगढको लायन्स चोकको घोलमा बस दुर्घटना, यात्रुहरुलाई स्थानीयले गरे उद्धार

चितवन, कात्तिक २४–

चितवनको नारायणगढमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

नारायणगढस्थित लायन्सचोकको नहरमा बस दुर्घटनामा परेको हो ।

बाँकेको कोहलपुरबाट मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३२ नम्बरको बस दुर्घटनामा परेको हो । सो बसले म्याजिक र ट्याम्पोलाई ठक्कर दिएर लायन्सचोकको घोलमा खसेको छ ।

प्रहरी र स्थानीयले झ्यालको सिसा फोडेर उद्धार गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु