
बाघको आक्रमणबाट २५ वर्षीय दिनेश बोटेको मृत्यु
रत्ननगर । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज सामुदायिक वनभित्र घाँसदाउरा गर्ने क्रममा मंगलबार बाघको आक्रमणबाट एक युवाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय चतवनका अनुसार मंगलबार दिउँसो १२ः५० बजेको समयमा खैरहनी १३ निवासी २५ वर्षीय दिनेश बोटेको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
बाघले आक्रमण गरेको भन्ने खबर प्राप्त हुना साथ आठ वटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाको टोलीद्वारा खोजी कार्य भएकोमा मंगलबार दिउँसो २ः३० बजे बाघले आक्रमण गरेको स्थानदेखि १०० मिटर पर झाडीमा शव फेला परेको हो ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]