राष्ट्रिय मुक्त हलिया समाज महासंघद्ररा पुनर्वासमा परिचयात्मक कार्यक्रम सम्पन्न

भाद्र १५, कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिकामा राष्ट्रीय मुक्त हलिया समाज महासंघलको परिचयात्मक तथा समन्वयात्मक कार्यक्रम सम्पन्न गरिएको छ।

कोभिड-१९ प्रभावित क्षेत्रमा आपातकालीन सहयोग गर्ने उदेश्यले ६ न वडाको सभाहलमा नगर प्रमुख जीवन राज थापा सहित वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र सरोकारवाला व्यक्तिहरूको उपस्थितीमा कार्यक्रम सञ्चालन गरिएको हो।

नगर प्रमुख जीवन राज थापाले विगतमा समेत उक्त संस्थाले हलिया मुक्त गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको र आगामी दिन समन्वय गर्दै अगाडी बढ्ने कुरा बताउनु भयो।

राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका प्रोजेक्ट मेनेजर मिन बहादुर हुड्केले कार्यक्रमको जानकारी गराउँदै आगामी कार्य योजना बारेमा छलफल गरेका छन्।

उक्त कार्यक्रमको सञ्चालन मुक्त हलिया समाज पुनर्वासका कर्मचारी राहुल वि. क ले गरेका थिए ।

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु