
सबै नेपालीका मन जितेका नेपाली फूटबल प्रशिक्षकलाई कस्ले बनायो रजिनामा दिन वाध्य?
काठमाडौं, साउन १०- छोटो समयमा नेपालीका मन मुटुमा बस्न सफल नेपाली फूटबल प्रशिक्षकको सामाजिक सन्जाल फेसबूकमा देखिएको एउटा पोस्ट जसले सबैको मन दुखी बनाएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय टीमको प्रशिक्षकबाट रजिनामा दिने घोषणा गरेका छन।

रजिनामाको कारण अन्य केही नभै वरिष्ठ उपाध्यक्षका कारण रहेको कुरा उनले आफ्नो फेसबूक मार्फत बताएका छन। उनले आफ्ना नेपाली फ्यानलाई लेखेका छन-‘डियर नेपाली फ्यान्स्, म राजीनामा दिन एन्फा जाँदैछु। र मेरो राजीनामा वरिष्ठ उपाध्यक्षका कारण हो। पछिल्लो तीन साताका प्रत्येक दिन उनले मेरोबारेमा नाटक गरेका छन्,’ स्टाटसमा उनले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई उल्लेख गरेका छन।
यसअघि गत चैतमा उनलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई प्रशिक्षकको जिम्मेवारी दिइएको थियो।
अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप छनोटका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक चाहिने नियम ल्याएको थियो।
जसका कारण नेपालले प्रो लाइसेन्स प्राप्त अब्दुल्लाहलाई प्रशिक्षक बनाएको थियो।

विश्वकप छनोटअन्तर्गत नेपालले गत महिना तीन खेल खेलेको थियो। उनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटमा चाइनिज ताइपेईलाई हराउदा अस्ट्रेलिया र जोर्डनसँग पराजय भोगेको थियो। त्यसअघि उनको प्रशिक्षणमा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो।
प्रो-लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इस्ट्रक्टर अब्दुल्लाहलाई नेपाल ल्याउनका लागि एन्फा र कतार फुटबल एसोसिएसनबीच सम्झौता भएको थियो।
यसअघि अब्दुल्लाहले कतारको अल सहनी फुटबल क्लबको यु-२३ टिमलाई प्रशिक्षण दिएका थिए।
यस्तै उनी किर्गिस्तानको यु-१७ टिमका प्रशिक्षक समेत रहेका थिए।
उनीसँग साउदी अरेबिया र कुवेतका विभिन्न क्लबको प्रशिक्षक भएर काम गरेको अनुभव पनि छ।
त्यसअघि अब्दुल्लाह एन्फाको प्रशिक्षण विभागमा रहेर काम काम गर्ने गरी नेपाल आउन लागेको एन्फाले सार्वजनिक गरेको थियो।
अब्दुल्लाह अलमुताइरी
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]





