
पाेर्चुगललाइ पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा
चितवन,असार १४-
बेल्जियम युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार विहान सकिएको अन्तिम १६ को खेलमा साविक विजेता पोर्चुगललाई १-० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो। बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए।
अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेलमा बेल्जियमका बुएन र हजार्ड फिट हुनेमा शंका छ। त्यसैले फिफा विश्व वरीयताको शीर्ष टिम बेल्जियमका लागि दुई खेलाडीको अभाव खड्कन सक्छ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


