डा.सुरेन्द्र ऐरको नेतृत्वमा सँगसँगै अभियान मार्फत सुदूरपश्चिममा नि:शुल्क स्वास्थ्य परामर्श

कंचनपुर,  डा. सुरेन्द्र ऐरको नेतृत्वमा सँगसँगै अभियान मार्फत सुदूरपश्चिममा आईतबारबाट कोभिड सङक्रमित तथा कोभिड सङक्रमित भै सकेकाहरु सगसगै सङ्क्रमित नभएका अन्य विरामीहरुले समेत  नि:शुल्क स्वास्थ्य परामर्श पाउने भएका छन।

कोभिडको दोश्रो भेरियन्ट तीव्र रुपमा बढ्दै गएको र सङ्क्रमितहरुको संख्या दिनदिनै बढीरहेको अवस्थालाई मध्ये नजर गर्दै “सँगसँगै अभियान” र कैलाली अस्पतालमा फिजियोथेरापी विभागका प्रमुख डा.सुरेन्द्र ऐरको नेतृत्वमा नि:शुल्क स्वास्थ्य परामर्श कार्यक्रम संचालन गरिएको हो।

कोभिड भै होम आईसोलेशनमा बस्दै आएका विरामीको मनोबल उच्च पार्न र सङ्क्रमित विरामीको स्वास्थ्य अवस्था बुझी उचित परामर्श दिन १८ जना विशेषज्ञ चिकित्सकद्रारा अभियानले उपलब्ध गराएका नम्बरहरुमा फोन कल गरेर परामर्श लिन सकिने डा.सुरेन्द्र ऐर बताए।

दोश्रो भेरियन्ट कोरोनाको उचित व्यवस्थापन गर्न सञ्चालित सँगसँगै अभियानले सुदूरपश्चिम प्रदेश कंचनपुर जिल्लाको दक्षिणी भेग क्षेत्र नं. अन्तर्गतका पुनर्वस नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउपालिका र बेलडाडी गाउपालिका गरि चार स्थानीय तहमा अक्सिजन सिलिन्डर,स्वास्थ्य सामग्री वितरण,सामजिक सञ्जालमा पर्चा पम्प्लेटद्रारा सचेतना गर्ने, प्लाज्मा डोनरको खोजी गर्ने, आकस्मिक एम्बुलेशको व्यवस्था गर्ने, दिर्घ रोगिहरुलाई औधषी उपलब्ध गराउने,नगरपालिका स्वास्थ्य सस्थाका खाली अक्सिजन सिलिन्डर नेपालगन्जबाट दैनिक रुपमा रिफिल गरेर ल्याउने, कोभिड अस्पतालमा भएका बिरामीलाई बिहान बेलुका खानाको व्यवस्था गर्ने,होम आईसोलेसनमा बसेका सङ्क्रमितलाई पौष्टिक आहारको व्यवस्था गर्ने लगाएतका कार्यहरु अभियानको माध्यमबाट हुँदै आएको अभियानका संयोजक लक्ष्मी श्रेष्ठले पहिलो प्रहरलाई बताईन ।

सँगसँगै अभियानले अक्सिजन भरि नगरपालिकालाई उपलब्ध गराईरहेको छ भने, पालिकालाई स्वास्थ्य सामग्री वितरण पनि गरेको छ । त्यस्तै पालिकाको समन्वयमा कञ्चनपुरको पुनर्वास र NNSWA नामक संस्थाको सहकार्य र बेलौरी नगरपालिकाको समन्वयमा हेल्प डेस्क सञ्चालन गरेको छ । साथै होम आईशोलेशनमा बसेका कोरोना संक्रमित विरामीहरुलाई पौष्टिक आहार, स्वास्थ्य सामग्री उपलब्ध र आइसोलेशनमा रहेका विरामीहरुलाई खानाहरु खुवाउने काम पनि गरिरहेको छ । यसका साथै जनचेतनामुलक सन्देशहरु दिने काम पनि गरिरहेको छ ।

 

सँगसँगै अभियान व्यवस्थापन टीम

Sagoon Host

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु