कोरोना महामारीको जोखिम व्यवस्थापनका निम्ति कंचनपुरका युवाद्वारा ‘सँगसँगै’ अभियान शुरु
कञ्चनपुर– कोरोना भाईरस अर्थात कोभिड–१९ महामारिको दोश्रो लहर तिव्र रुपमा देशभर फैलिरहेको अवस्थामा महामारीको जोखिम व्यवस्थापनका निम्ति कञ्चनपुरका युवाले ‘सँगसँगै’ अभियान सुरु गरेका छन । कोभिड महामारीको समयमा जोखिम व्यवस्थापनका निम्ति स्वैच्छिक तवरले यो अभियान सुरु गरीएको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताईन ।
‘पालिकास्तरमै कोभिड सन्क्रमितको उचित उपचार हुने व्यवस्था मिलाउन यो अभियान थालेका हौँ,’ उनले भनिन् । ‘जिल्लास्तरका अस्पतालमा मात्र भर पर्नु भन्दा पालिकास्तरकै स्वास्थ्य संस्थामा अक्सिजनको व्यवस्था, मेडिकल सामग्री, स्वस्थ्यकर्मी, एम्बुलेन्स सेवाहरुको व्यवस्थापनका निमित्त यो अभियान सुरु गरेका हौँ ।’
अक्सिजनको जोहो गर्ने, स्वास्थ्य सामग्री उपलब्ध गराउने, प्लाज्मा दाताहरूको खोजी तथा प्लाज्माको आवश्यकता परेका व्यक्तिहरूलाई उपलब्ध गराउन समन्वय गर्ने, राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने, कोभिड सङ्क्रमित व्यक्तिका लागि आवश्यक सहयोग गर्ने लगाएत उदेश्य राखी यो अभियान सञ्चानल गरीएको संयोजक श्रेष्ठले बताईन ।
‘सहयोगि दाता, संघसंस्थाहरूले पनि सहयोग गर्दा पालिका भित्रका स्वास्थ्य केन्द्रहरुलाई सहयोग गर्नु पर्यो,‘ उनले भनिन् । ‘यसो गर्दा ग्रामीण भेगका संक्रमितहरु जिल्ला सम्म पुग्नु पर्दैन, अस्पतालमा ठाउँ नपाएर भौतारिनु पर्दैन, अस्पतालले हामिले थेग्न सकेनौ भन्नु पर्दैन ।’ यसका लागी स्थानिय सरकार, स्वास्थ्य निकाय, सरोकारवाला निकायहरुलाई पनि यसतर्फ लाग्न उनले आग्रह गरिन् । पहिलो चरणमा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट सुरु गरिएको अभियान पुर्नवास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका सम्म लैजाने योजना रहेको ‘सँगसँगै’ अभियानका संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिईन ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]