कालापानीबाट भारतीय सेना फिर्ता गर्न माग गर्दै भारतीय दूतावासअघि ग्रेटर नेपालको नारावाजी

काठमाडौं । कालापानीबाट इन्डियाली सेना हटाउन माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले हालै इन्डियाली राजदूतावास , लैनचौरको खानीविभाग छेउमा इन्डियाविरुद्ध प्रदर्शन गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको एक सानो समूहले ब्यानरसहित उक्त विरोध प्रर्दशन गरेको हो । इन्डियाली सेना कालापानी छोड् भन्ने ब्यानरमा गएको मोर्चाका कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दाबाद , भारतीय सेना कालापानी छोड् र भारतीय विस्तारवाद मुर्दाबाद जस्ता नारा लगाउँदै करिब आधा घन्टा प्रदर्शन गरेको थियो ।

विरोध प्रदर्शनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले इन्डियाले लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमि छाड्ने मानसिकता नदेखाएको र नेपाल सरकारले कालापानीबाट इन्डियाली सेना हटाउन ठोस पहल नगरेकाले नेपाल र इन्डियाका दुवै सरकारलाई त्यहाँबाट सेना हटाउन दबाब दिने उद्देश्यले इन्डियाली दूतावास अगाडि प्रदर्शन गरेको बताए ।

चुच्चे नक्सा निकाल्नु उपलब्धि भए पनि कालापानीबाट सेना हटाएमात्र त्यसको सार्थकता हुने भन्दै अध्यक्ष नेपालले २०७२ मा संविधान जारी हुँदाको बखत दलहरू बीच एकता भएजस्तै सधैंभरि त्यस्तो एकता कायम रहेमा मात्रै इन्डियाले दिइरहेको चुनौतीसँग जुध्न सकिने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्