विष खुवाएर मार्ने षडयन्त्रबाट बचे ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाल

No description available.

काठमाडौं । सुगौली सन्धीबाट गुमेका नेपाली भुभाग फिर्ता हुनुपर्ने माग गर्दै विगत ३१ बर्षदेखि अनवरत रुपमा आवाज उठाउँदै आएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपाललाई चियामा मन्द विष खुवाएर हत्या गर्न खोजिएकोमा उनि संयोगले बाँच्न सफल भएका छन् ।

निरन्तर विभिन्न खालका धम्की, प्रलोभन र त्रासहरुको सामना गर्दै लगातर ग्रेटर नेपालको पक्षमा सक्रिय नेपाललाई गत माघ ९ गते शुक्रबार चिकित्सकले मार्ने नियतले मन्द विष दिईएको पुष्टि गरेका थिए । उक्त घटनापछि निकै शिथिल, शारीरिक पीडा सहेर घरमै स्वास्थ्यलाभ गरेपछि अहिले उनि फेरि तङरिएका छन् ।

आफ्नो ज्यानै लिने नियतले गरिएको पछिल्लो घटनापछि पनि आफू नडगमगाएको र अझै दुढताका साथ मेची पूर्व टिष्टा–नगरकट्टादेखि महाकाली पश्चिम सतलज नदीसम्मको भूभाग फिर्ताका लागि लड्ने संयोजक नेपालले प्रतिज्ञा गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ, “मलाई मन्दविष (Slow Poison) पिलाएका कारण भलै मेरो शरीर तत्काललाई शिथिल भएको होस्, तर यस घटनाबाट मेरो लक्ष्य, साहस, आत्मबल, दृढता र सङ्कल्पमा रत्तिभर कमी आएको छैन । वास्तवमा मलाई मर्ने फुर्सद छैन । मृत्यु पनि मलाई एक अर्को अवसर दिएर गएको छ ।

म एउटा ठोस आदर्श बोकेर हिँडेको अविचलित यात्री हुँ । ग्रेटर नेपाल एकमात्र मेरो प्रमुख लक्ष्य थियो, छ र रहनेछ । अब म ठिक भएको छु ।

विषका लड्डु खुवाएर नदीमा डुबाइएका भीमसेन एक हजार हात्तीको बल लिएर फर्किए झैँ म अनन्त साहसका साथ पुनर्जीवित भएको छु ।”

Sagoon Host

No description available.

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु