
बैंकका उच्च तहका कर्मचारीले व्यक्तिगत कर्जा नपाउने
२३ भदौ, काठमाडौं । बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतसहित अब उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुले पनि व्यक्तिगत नाममा कर्जा लिन नपाउने भएका छन् ।
यसअघि बैंकका सञ्चालक समिति सदस्यहरु र सीईओले तोकिएका बाहेक शिर्षकमा मात्रै कर्जा पाउँथे । अन्य व्यक्तिगत कर्जा भने नपाउने व्यवस्था थियो ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ संशोधन गर्दै अब उच्च व्यवस्थापन तहका कर्मचारीहरुले पनि यस्तो कर्जा नपाउने उल्लेख गरेको छ ।
‘इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा उच्च व्यवस्थापन तहको पदाधिकारीले शिक्षा कर्जा, हायर पर्चेज कर्जा, घर कर्जा, वा घरायसी प्रयोजनका सामग्री कर्जाबाहेक निजहरुको व्यक्तिगत नाममा अन्य कुनै किसिमका कर्जा लिन पाउने छैनन्’ निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंकका अनुसार उच्च व्यवस्थापन तहको पदाधिकारी भन्नाले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतभन्दा दुई तह मुनिसम्मको पद धारण गरेको व्यक्तिहरु पर्नेछन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


