आमाको शृंगार हेर्दै नक्कल गर्थे, मेकअप आर्टिस्ट भए

अनिष तामाङलाई सानैदेखि ‘मेकअप’मा रूचि थियो। आमाले ऐनाअगाडि उभिएर शृंगार गर्दा उनी हेर्दै त्यसको नक्कल गर्थे। तर उनको यो रहरलाई समाजले ‘स्त्रीलिङ्गी चरित्र’ भन्थ्यो।

छिमेकीहरूले ‘विचरा’ भावमा परिवारलाई भन्थे, ‘भएको एउटा छोरा पनि छोरीजस्तै भयो है?’

मेकअप भनेको छोरी मान्छेका लागि मात्रै हो भन्दै समाजले बारम्बार बुझाउन खोज्थ्यो। यही कारण उनलाई समाजमा खुलेर प्रस्तुत हुन गाह्रो हुन्थ्यो। ‘समाजले के भन्छ’ भन्ने डर मनमा सधैं रहन्थ्यो।

तर संकुचित सोचका बन्धनले अनिषलाई बाँधेर राख्न सकेन। पेसालाई लैंगिक भिन्नता दिएर छेक्ने पर्खाल तोडेर अनिष आज मेकअप आर्टिस्टका रूपमा परिचित छन्।

दुई वर्षयता पूर्ण रूपमा मेकअपमा सक्रिय उनी बाहिरी समाजसँग पनि खुल्दैछन्। आफ्नो प्रतिभा देखाउन इन्स्टाग्राम, टिकटक लगायत सामाजिक सञ्जाललाई राम्ररी सदुपयोग गरिरहेका छन्। विशेषगरी मोडलहरूका मेकअप आर्टिस्टका रूपमा परिचित छन्।

मेरो घरमा कहिल्यै छोरा मान्छेले मेकअप गर्न हुँदैन भन्ने थिएन। बुवाममी खुला विचारको हुनुहुन्छ। ममीले त आफूले गरिरहँदा सिकाउनु पनि हुन्थ्यो,’ उनले भने, ‘कामको सिलसिलामा कोरिया गएका बेला मलाई मेकअप सामग्री पठाइदिनुहुन्थ्यो।’

सामाजिक सञ्जालमा उनले ‘डिभिनिश’ नाम राखेका छन्।

Sagoon Host

‘साथीहरूको सल्लाहपछि अंग्रेजी शब्द ‘डिभाइन’ अर्थात दिव्य र अनिष नाम मिलाएर डिभिनिश बनाएको हुँ,’ उनी नामको अर्थ खुलाउँछन्।

श्रोत:-setopati

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु