
चीनतर्फको नाका सञ्चालनमा आउन समय लाग्ने
१५ चैत, काठमाडौं । कोरोनाका कारण बन्द भएको नेपाल-चीन व्यापारिक नाका सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । सरकारले शुक्रबारदेखि रसुवागढी र तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । शुक्रबार भन्सार विभागमा महानिर्देशक सुमन दाहालले रसुवागढी र तातोपानी नाका खुला भएको जानकारी दिएका थिए । माघ १५ देखि औपचारिक रुपमा नाका बन्द भएको थियो ।
रसुवागढी भन्सार कार्यालय प्रमुख पुण्यविक्रम खड्काका अनुसार औपचारिक रुपमा नाका खुलेपनि स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माण बाँकी रहेको जानकारी दिए । माल वस्तु ढुवानी गर्ने चालकहरुको स्वास्थ्य परीक्षणका लागि प्रि-फ्याब भवन बन्दै गरेको, सीमापारी रोकिएका वस्तुहरुको अभिलेखीकरण थालिएको तथा व्यापारीहरु पनि सम्पर्कमा ल्याउने काम थालिएको उनले बताए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


