
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेसँगै उक्त पार्टीका मन्त्रीहरूले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् ।
आइतबार बिहानै बसेको रास्वपाको बैठकले मन्त्रीहरू फिर्ता हुने निर्णय गरेको थियो । यद्यपि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
जसअनुसार रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री दाहाल समक्ष राजीनामा बुझाएका हुन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


