
कृषि तथा पर्यटन र उद्याेगमार्फत देशकाे विकास गर्नेुपर्ने
काठमाडौँ, पुस १८-
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले कृषि, पर्यटन र उद्योगमार्फत मुलुकको विकास गर्नुपर्ने बताउनुभएको छ ।चन्द्रागिरि नगरपालिका–२ मा रहेको बाघ बछ्ला बहुद्देश्यीय सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारीको एकीकृत पुँजीलाई कृषि, उद्योगधन्दा र पर्यटनको विकासमा लगानी गर्न सकेमात्र मुलुकले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउनुभएको हो ।
“सहकारीले बजार हेरेर युवालाई रोजगार, उत्पादन र श्रमसँग जोड्नुपर्छ”, उहाँले भन्नुभयो । नेपाल तरुण दलका ईश्वर लामा , संस्थाका अध्यक्ष तेजबहादुर भुर्तेल, सचिव उद्धव पोखरेल, व्यवस्थापक विमला पोखरेललगायतले न्यून आर्थिक वृद्धिदर भएको मुलुकमा गरिबी न्यूनीकरणका लागि सहकारीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्नुभयो ।
साधारणसभाले संस्थाको अध्यक्षमा भुर्तेललाई पुनः चयन गरेको छ । यसैगरी उपाध्यक्षमा मनोज घिमिरे, सचिवमा उद्धव पोखरेल, कोषाध्यक्षमा श्रीराम कार्की तथा सदस्यहरूमा सुदीप पोखरेल, नारायण कुँवर र मनोजकुमार शर्मा तथा लेखा समितिको संयोजकमा ध्रुवबहादुर कडायत र लेखा सदस्यमा राजेन्द्र कोइराला चयन हुनुभएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


