फुल चार्जमा ३५० किमि रेञ्ज दिने नयाँ इलेक्ट्रिक कार ल्याउँदै हुन्डाई, सन् २०२४ भित्र बजारमा आइसक्ने

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले भारतीय बजारलाई ध्यानमा राखेर नयाँ रोडम्याप तयार गरेको छ । कम्पनीले तयार पारेको रोडम्यापमा सन् २०२८ सम्ममा ६ नयाँ मोडल भारतमा उत्पादन हुनेछन् । त्यसको लागि कम्पनीले ४० अर्व भारतीय रुपैयाँ लगानी थप गर्ने घोषणा गरेको हो ।

कम्पनीले त्यसको लागि ठूला र लग्जरी कार ‘इलेक्ट्रीक ग्लोवल मोडुलर प्लेटफर्म’मा तयार गर्ने जनाएको छ ।

हुन्डाईले भारतमा उत्पादन गर्ने मास मार्केट मोडल अहिले आइसी इन्जिनमा आधारित गाडी हुने जनाएको छ । सन् २०२४ भित्र बजारमा आइसक्ने उक्त गाडी एक पटकको फुलचार्जमा ३५० किलोमिटर रेञ्ज दिने क्षमताको व्याट्री र मोटर प्रयोग हुने अनुमान गरिएको छ ।

केही अघि बाहिर आएको रिर्पोटलाई आधार मान्ने हो भने कम्पनीले टाटा नेक्सन इभीको प्रतिस्पर्धी मोडलको रुपमा भेन्यूको इलेक्ट्रीक भर्सन तयार गरिरहेको छ । तर, अझै कम्पनीले यसको विषयमा कुनै आधिकारीक जानकारी दिएको छैन । टाटा नेक्सन इभी अहिले भारतमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक कार हो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु