एमाले डडेल्धुराका अध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

२४ कात्तिक, धनगढी । नेकपा एमाले डडेल्धुराका अध्यक्ष डा. तारा जोशीसहितका नेता कार्यकर्ता एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र र एमालेबीचको एकता पूर्व पार्टीका अध्यक्ष रहेका जोशीसहित उपाध्यक्ष बिरेन्द्र बस्नेत, सचिव धनबहादुर सावद र उपसचिव सकुन्तला नगरकोटी लगायतका नेता एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई डडेल्धुरामा बुधबार आयोजित कार्यक्रमकाबीच एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।

डा.जोशीले एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएका कारण आफूहरु समाजवादीमा समाहित भएको बताएका छन् ।

उपाध्यक्ष, सचिव तथा अन्य विभिन्न भातृ संगठनका प्रमुख समेत गरेर १४ जना समाजवादीमा समाहित प्रवेश गरेको उनले जनाए ।

एमालेको नवौँ अधिवेशनबाट डडेल्धुराको अध्यक्षमा निर्वाचित भएका जोशीले पार्टी जेठ २ मा नफर्किएपछि समस्या भएको बताउँदै आएका छन् । अहिले एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद छन् ।

साउँदले ६८ सदस्यीय कमिटिमा १३ जना एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेकाल त्यसले पार्टीलाई खासै असर नपर्ने बताएका छन् ।

जिल्लामा जेठ २ लागु गरेर जोशीलाई अध्यक्ष भएर काम गर्न आग्रह गरेको तर उनीहरुले विगतदेखि नै समाजवादीमा जाने इच्छा राख्दै आएको समेत जनाएका छन्।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल पार्टी प्रवेश गराउन हेलीकोप्टर चार्टर गरेर डडेल्धुरा पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु