बैंकिङ कसूरको आरोपमा एकजना काभ्रेबाट पक्राउ

९ कात्तिक, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूरको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको भुलु गाउँपालिका- ८ का ३१ वर्षीय सुमन खरेल रहेका छन् ।  खरेलले आफू कार्यरत बैंक सिन्धु विकास बैंक, दोलालघाट शाखाले दैनिक रुपमा जम्‍मा गर्ने रकम एनसीसी बैंक, बाह्रबिसेमा रहेको सिन्धु विकास बैंकको खातामा जम्‍मा गर्दै आएकोमा उनले जम्‍मा नगरी १ करोड ८९ लाख ९० हजार ८५५ रुपैयाँ चलाएको प्रहरीको दाबी छ ।

उनलाई  केन्द्रीय अनुसन्धान ब्‍यूरोले सोमबार काभ्रेबाट पक्राउ गरेको छ ।  पक्राउ परेका उनलाई  उच्च  अदालत पाटनबाट ७ दिनको म्‍याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन,  २०६४ बमोजिम आवश्यक कानूनी कारवाही भइरहेको केन्द्रीय अनुसन्धान ब्‍यूरोले जनाएको छ  ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु