
प्रतिनिधि सभाको बैठक आज बस्दैप्रतिनिधि सभाको बैठक आज बस्दै
११ कात्तिक, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वाषिर्क प्रतिवेदन बैठकमा पेश गर्ने उल्लेख छ ।
यसअघि कात्तिक ९ गते बस्ने तय भएको संसद बैठक नेकपा एमालेको पालिका अधिवेशनका कारण ११ गतेलाई सारिएको थियो ।
प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै आएको छ । सभामुख अग्नि सापकोटाले एमाले फुटाउन सहयोगी भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]