कलाकार निशा घिमिरे को उपचारका क्रममा निधन

काठमाडौं, भदौ १६- नर्भिक अस्पतालमा उपचाररत् मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ।

उनको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले बताए।

Nisha Ghimire

घिमिरे लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत् थिइन्। पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो।

बुधबार बिहानदेखि घिमिरेको अवस्था गम्भीर बन्दै गएको थियो।

‘लगातारको उपचारपछि पनि उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन,’ प्रवक्ता बाँस्तोलाले भने, ‘उहाँलाई लगातार अक्सिजनको सपोर्ट दिएर सिसियुमा राखिएको थियो।’

उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरू लामो समयसम्म पुरिन सकेका थिएनन्।

Sagoon Host

जिउँदो लाशजस्तो भएर घरमै थन्किएकी घिमिरेलाई नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निस्शुल्क उपचार थालेको थियो।

‘अस्पतालको सिसियुमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छा,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने, ‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु