टिपरले मोटरसाइकललाई ठक्कर दिंदा टोखामा दुई जनाको मृत्यु

२० असार, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ ।

टोखा नगरपालिका–९ दिपज्योतिमा बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा मोटरसाइकल चालक नुवाकोट बेलकोट नगरपालिका–६ घर भई टोखा–९ बानियाटार डेरा गरी बस्ने २६ वर्षीय सन्तोष अधिकारी र मोटरसाइकलमा सवार २२ वर्षीय दीपेश थापाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय सागर खतिवडाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु