
४१ बर्ष ईण्डियाको जेलमा थुनिएका दुर्गाप्रसादलाई भेटे फणिन्द्र नेपालले
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले कलकत्ता, इन्डियाको जेलमा बिना सुनुवाइ ४१ वर्ष थुनामा परेर करिब ३ हप्ता अघि मुक्त भएका दुर्गाप्रसाद तिमिल्सेनाको इलाम, लुम्बाकस्थित घरमै पुगेर उनलाई भेटी पाँच हजार रूपैयाँ आर्थिक सहयोग गरेका छन् । केही व्यक्ति र संस्थाले सहयोग गर्ने भने पनि हालसम्म कसैले सहयोग गरेको नदेखिएकाले उनलाई सबै नेपालीले सहयोग गरून् भनी आफूले सांकेतिक रूपमा थोरै रकम ५ हजार रुपैयाँ भए पनि आर्थिक सहायता हस्तान्तरण गरेको अध्यक्ष नेपालले बताएका छन् । मोर्चाका अध्यक्ष नेपालले एउटा निर्दोष नेपालीलाई ४१ वर्षसम्म जेलमा कठोर यातना दिएर राख्नु सोच्नै नसकिने घटना भएको बताउँदै उनले दुर्गाप्रसादमाथि भएको ज्यादती उजागर गरेर इन्डियाली जेलमा सुधार ल्याउन दबाब दिने उद्देश्यले आफू उनको शारीरिक तथा मानसिक अवस्था बुझ्नका लागि उनलाई घरमै भेट्न गएको बताए । मोर्चाले स्थलगत अध्ययन प्रतिवेदन गृहमन्त्री र राष्ट्रिय मानवअधिकार आयोगलाई बुझाउने अध्यक्ष नेपालले जनाएका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


