भाग्यमानी प्रतिक्षा, टिकटकले जुराइदिएको अबसर, एकै पटक २ गीतको शूटिङ सम्पन्न (शुटिङका झलक सहित )

 

काठमाडौं । नेपाली संगीत र साहित्यको गहिराइमा रमाउने पूर्व पाँचथरकी प्रतिक्षा काफ्लेको मनमा एउटा हुटहुटी थियो राम्रो म्युजिक भिडियोमा अभिनय गर्ने र नेपाली संगीतिक जगतमा प्रबेश गर्ने।

उनको अभिनय कुनै निखारिएको कलाकारको भन्दा कमी नदेखिएपछी उनिलाई अर्को गीतमा पनि अभिनय गराउने सहमति बन्यो फलस्वरुप गायक तथा गीतकार अर्जुन पौडेलको शब्द तथा चर्चित गायक राम कृष्ण ढकालको स्वर रहेको गीत ‘भनिदिन्छु मनका कुरामा’ समेत अभिनय गर्ने मौका पाइन ।

उनको यो सपना सपनामा मात्र नभएर बिपनामा परिणत हुन केही समय पनि लागेन जब गायक नारायण थापाले आफ्नो गीत ‘तिम्रो आकर्शणले’ को लागि उचित अनुहारको खोजिमा रहने क्रममा उनको नजर टिक्टकमा रमाइरहेकी प्रतिक्षामा टक्क पर्‍यो उनले आफुले खोजेको अनुहार प्रतिक्षामा भेटेपछी तुरुन्तै कुराकानी अघी बढाए प्रतिक्षा पनि खुशी थिइन र सन्योग पनि तेस्तै मिलिहाल्यो।

 

केहीदिन पछी उनी काठमाडौं आइन र थापाको आउँदै गरेको गीत ‘तिम्रो आकर्शणले‘मा अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ सँग पहिलो भिडियोमा काम गरिन, उनको अभिनय कुनै निखारिएको कलाकारको भन्दा कमी नदेखिएपछी उनिलाई अर्को गीतमा पनि अभिनय गराउने सहमति बन्यो फलस्वरुप गायक तथा गीतकार अर्जुन पौडेलको शब्द तथा चर्चित गायक राम कृष्ण ढकालको स्वर रहेको गीत ‘भनिदिन्छु मनका कुरामा’ समेत अभिनय गर्ने मौका पाइन । उनले मोडल मनोज ओलीसँग आफ्नो दोश्रो गीतको समेत शूटिङ सम्पन्न गरिन ।

Sagoon Host

उनको अभिनय रहेका दुबै गीत प्रोडक्सनको क्रममा रहेका छन जसमध्ये ‘तिम्रो आकर्शणले’ आभुशण इन्टरटेनमेन्ट यूटुब च्यानल मार्फत छिट्टै नै सार्वजनिक हुने छ भने अर्को गीत ‘भनिदिन्छु मनका कुरा’ बेस म्युजिक नेपाल यूटुब च्यानल मार्फत सार्वजनिक हुँदै छ।

साधारण तथा भद्र मिजासकी प्रतिक्षा आफ्नो काममा लगाब राख्दछिन । उनले दुबै गीतमा उत्तिकै मेहनत गरेको पहिलो प्रहर सँगको कुराकानीमा बताइन्।

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु