सुधिर र पुरुको माया जालमा परे स्मारिका र समारिका

काठमाडौं : पछील्लो समय उदयमान सुन्दरी गायिका समिक्षा अधिकारिलाई नचिन्ने बिरलै होलान। उनको जादुमय स्वरले सबैलाई मन्त्रमुग्ध पारीरहेको छ। उनै गायिका अधिकारि र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा‘ सार्बजनिक भएको छ।

 

गायक नारायण थापा

 

पछील्लो समय निकै चर्चित रहेका मोडल तथा टिक्टकरहरु सुधिर श्रेष्ठ ,पुरु सिग्देल साथै दिदिबहिनी स्मारिका  र समारिका ढकालको अभिनय रहेको गीतको भिडियो लाई निर्देशक प्रकाश धितालले गरेका हुन भने कोरियोग्राफी केशब राज भट्ट ( समिर) ले गरेका हुन।

मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत / सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’ को भिडियो सार्वजनिक भएको हो। गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो।

सार्वजनिक भएको उक्त गीतको भिडियोलाई दर्शक तथा श्रोताको मन जित्ने आशा लिएको गीतका गायक बताउछन। गायक थापाका यसभन्दा अघी डबल पारेर , मुना मदन , तिम्रो मुटु मेरो मुटु , एउटा एस्तो पुल बनोस लगायतका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन।

 

गीतको भिडियो

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु