प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाउने ओली पक्षको निर्णय, नारायणकाजी पदबाट हटाइए

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले परराष्ट्रमन्त्री समेत रहेका प्रदीप ज्ञवालीलाई पार्टीको प्रवक्ता तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओली ओलीले बोलाएको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ ।

मंगलबार बिहान बालुवाटार आफू पक्षीय केन्द्रीय सदस्य भेला गर्दै ओलीले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

नेकपा प्रवक्ता श्रेष्ठ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)-नेता माधव नेपाल खेमामा छन्।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु