
देशैभरि संगठन विस्तार गर्दै मिशन नेपाल
काठमाडौं । धर्म संस्कृतिको संरक्षण तथा मुलुकमा विद्यमान विकृति, विसंगतिका विरुद्ध सशक्त आवाज उठाउदै आएको मिशन नेपाल राष्ट्र निमार्ण अभियानले पछिल्लो समयमा व्यापक रुपमा संगठन विस्तार गर्न थालेको छ ।

सो अभियानका केन्द्रिय अध्यक्ष मानव कुमार हमाल अहिले संगठन निमार्ण तथा राष्ट्रव्यापी जनचेतना कार्यक्रम लिएर देशव्यापी दौडाहामा निस्केका छन् । अध्यक्ष हमालले दिएको जानकारी अनुसार चितवन पश्चिमदेखि सुदुर पश्चिमका लगभग सबै जिल्लाहरुमा मिशन नेपाल राष्ट्र निमार्ण अभियानले संगठन विस्तार गरिसकेको छ भने अब बारा, पर्सा, रौटहट, सर्लाही, उदयपुर हुदै पूर्वी नेपालका अन्य जिल्लाहरुमा पनि संगठन गरिने कार्यक्रम रहेको छ ।

अहिले जन्मिएका विभिन्न अभियन्ताहरुभन्दा पहिलादेखि नै आफूहरुले भ्रष्टाचार, तस्कर, माफिया र राष्ट्रघातीहरुको विरुद्धमा भण्डाफोर गर्दै आएको बताउदै अभियानका अध्यक्ष हमालले सर्वसाधारण, युवा, बुद्धिजीवि, ज्येष्ठ नागरिक, पत्रकार, विद्यार्थी, व्यावसायी, राष्ट्रसेवक, कर्मचारीलगायत समाजका सबै तप्का र वर्गका मानिसहरुलाई आफूहरुको अभियानका जोडिन अपिल समेत गरेका छन् ।

अहिले राष्ट्र अत्यन्त संकटपूर्ण अवस्थामा रहेको टिप्पणी गर्दै अध्यक्ष हमालले यो चुप लागेर बस्ने अवस्था हैन भन्दै सबैलाई सजग पनि गराएका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



