
भक्तपुर इन्काउन्टर : नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको आयोगको ठहर
मानव अधिकारको गम्भिर उल्लंघन गरेको निष्कर्ष
३० असोज, काठमाडौं । मानव अधिकार आयोगले भक्तपुर इन्काउन्टर प्रकरणमा नेपाल प्रहरीलाई दोषी ठहर्याएको छ । आयोगको बुधबार बसेको बैठकले तत्कालीन महानगरीय अपराध महाशाखाबाट खटिएका अधिकृतलाई दोष देखाउँदै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
आयोगका एक अधिकारीका अनुसार बैठकले महाशाखाका एक जना प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित ६ जनालाई कारबाही गर्नुपर्ने भनेको छ । आयोगले त्यसवेलाको वस्तुस्थिति र प्रमाणले भक्तपुर इन्काउन्टरमा अजय तामाङ र गोपाल तामाङको हत्या भएको निष्कर्ष निकालेको उनले बताए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]