
किशोर सुब्बाको निर्देशनमा अमेरिकामा चांडै छायांकन हुने ‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडियो सार्वजनिक
काठमाडौं । ए फुंङ बोलको गीतको म्युजिक भिडियोबाट अप्सना म्युजिक एण्ड फिल्म्स अवार्ड २०८२ मा सर्बोकृस्ट निर्देशकको अवार्ड पाउन सफल निर्देशक किशोर सुब्बाद्धारा निर्देशन गरिएको लिम्बु जातीको संस्कार संस्कृति र रहन सहनमा आधारित पूर्वेली शैलीको गीत ‘युप्पारुङ बाँधेर’ को लिरिकल भिडियो हालै सार्वजनिक भएको छ।
गीतका रचनाकार बिवश वेनाम हुन् भने गीतमा सुनिता थेगिम र मनि ताम्लिङ्गले स्वर भरेका छन्। यसमा संगीत, एरेन्ज पनि मनि ताम्लिङ्गको नै रहेको छ । हेल्लो अमेरिका टिम, न्युयोर्कको प्रस्तुति रहेको सो लिरिकल भिडियोको सम्पादन ओपेरा ईन्टरटेनमेन्टमा भएको हो।
लिरिकल भिडियो रिलिज संगसंगै यही डिसेम्वर २० तारिखदेखि अमेरिकाको न्युयोर्क वरिपरि छायांकन हुने निर्देशक सुब्बाले बताए। उनका अनुसार यो एउटा म्युजिक भिडियोमात्र नभएर लिम्बु जातीको बिभिन्न पर्वहरु समेत समेट्नु पर्ने भएकोले सुटिङ्गको समय लम्बिन सक्ने छ । सम्राट कार्कीको छायांकन रहने सो भिडियोमा सम्पादन मन्दिल श्रेष्ठ, कोरियोग्राफी गोबिन्द राईको रहने छ भने परिकल्पना निर्माण र निर्देशन किशोर सुब्बा स्वयंको रहने छ।
निर्माता समेत रहेको निर्देशक सुब्बाले नेपालको गाउँले युवती र सपनाको शहर अमेरिका बस्ने युवाबीचको प्रेमिल सम्बन्ध र लिम्बु जातीको कला, संस्कृतिमा आधारित रहने ‘युप्पारुङ बाँधेर’को म्युजिक भिडियो तयार पार्न लागिएको पहिलो प्रहरलाई जानकारी दिनु भयो । हाल रिलिज गरिएको लिरिकल भिडियो जेपिजे इन्टरटेनमेन्टको युटुब च्यानलमा हेर्न सकिन्छ ।
हालै काठमाडौंमा सम्पन्न दोश्रो अप्सना फिल्म तथा म्युजिक अवार्ड समारोहमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल निर्देशक किशोर सुब्बाले यसअघि ‘मनै त हो,खुकुरी,माटो, भेडिगोठ,किन माया लाएछ, एउटा कथा, खुर्पा, रेश’ लगायत तीन दर्जन जति सानो ठुलो र विभिन्न भाषाका फिल्म निर्माण निर्देशन गरेर धेरै अवार्डहरुबाट समेत सम्मानित भइसक्नु भएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



