
वीरगञ्ज नाकाबाट ६० लाख मूल्य बराबरको सामान बरामद
वीरगञ्ज, पुस १६-
करिब रु ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा प्रदेश नं २–०३–००१ख ०१२९ नंको मालवाहक ट्रक तथा चालक बाराका परवानीपुर गाउँपालिका–२ बस्ने ३३ वर्षीय नसरूदीन मियाँलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सामाग्रीको करिब रु ६० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


