सुन खानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनाैं वेपत्ता

एजेन्सी
खार्तुमा, १४ पुस-सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् ।

सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् । सुडानकाे राजधानी खार्तुमबाट ७०० किलोमिटर दक्षिणको फुजा गाउँमा रहको सो सुन खानीमा पुरिएर ८ जना घाईते भएका छन् ।

पुरिएका व्यक्तिको खोजी र उद्दारमा प्रहरीसँगै स्थानीय पनि खटिएका छन् । कम्पनीले सार्वजनिक गरेको एउटा तस्बीरमा खानीमा पुरिएका व्यक्तिको अन्त्यष्टिको लागि स्थानीयले चिहान खडा गरेका छन् ।

खानी भत्किएको विषयमा प्रहरीले थप अनुसन्धान गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु