ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया पक्राउ

काठमाडौं महानगरपालिका-४ बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रको नेपाल सरकार समरगंज कम्पनीको नाममा रहेको सरकारी जग्गा हिनामिना प्रकरणका २ जना मुख्य बिचौलियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ ताहाचल ठेगाना भएका ५७ वर्षीय राम कुमार सुवेदी र सोही ठाउँ बस्ने ५५ वर्षीया माधवी सुवेदी रहेका छन् । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले राम कुमारलाई काठमाडौं कमलादीबाट र माधवीलाई ताहाचलबाट पक्राउ गरेको हो ।

रामकुमार सुवेदी समेतका प्रतिवादीहरूले विभिन्न व्यक्तिहरूको संलग्नतामा झूठो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेशमार्फत कानूनको दुरूपयोग र अपव्याख्या एवं मन्त्रिपरिषदको निर्णय विपरीत समेत गरी बदनियतपूर्वक राज्यलाई हानी हुने गरी नेपाल सरकार समरगंज कम्पनीको नाममा रहेको उक्त सरकारी जग्गा अन्य व्यक्तिहरूलाई फाइदा हुने गरी सार्वजनिक र सरकारी जग्गा हिनामिना र हानी नोक्सानी पुर्‍याएको भन्ने व्यहोराको लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धानको सिलसिलामा उक्त ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु