रावललाई महेश बस्नेतको आग्रह : अध्यक्षको उम्मेदवारी फिर्ता लिनुस्

७ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए ।

तर उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसले राम्रो सन्देश नगएको भन्दै नेता बस्नेतले भने, ‘उम्मेदवारी फिर्ता लिएर महत्वपूर्ण भूमिकालाई निरन्तरता दिनु राम्रो हुन्छ ।’

नेता बस्नेतले आफू सचिवको दाबेदारसमेत रहको उल्लेख गरे ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु