
चितवनमा ६३ संक्रमित थपिँदा ९९ संक्रमणमुक्त, १२१७ सक्रिय संक्रमित
भरतपुर, १८ भदौ । चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार जिल्लामा कोरोनाका १२ सय १७ सक्रिय संक्रमित छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा ६३ संक्रमित थपिएका छन् भने ९९ संक्रमित संक्रमणमुक्त भएका छन् । एक संक्रमितको मृत्यु भएको छ । ७६२ जनाको परीक्षण गर्दा ६३ जनामा मात्रै संक्रमण भेटिएको हो ।
अस्पतालमा ९० जना
स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार जिल्लाका विभिन्न अस्पतालमा गरी ९० जना संक्रमित उपचाररत छन् । अस्पतालमा उपचार गराउने संक्रमितको संख्या पनि घट्दै गएपछि अस्पतालका बेडहरु खाली हुँदै गएका छन् ।
शुक्रबार भरतपुर अस्पतालमा ६०, चितवन मेडिकल कलेजमा १५, पुरानो मेडिकल कलेजमा ३, क्यान्सर अस्पतालमा ४ र अन्य साना अस्पतालमा ५ जना छन् । पछिल्लो २४ घण्टामा अस्पतालमा २ संक्रमितको मृत्यु भएको छ । जसमा चितवन र मकवानपुरका एक/एक जना रहेका छन् ।
अस्पतालमा उपचाररत विरामीमा भेन्टिलेटर जडान गरिएका संक्रमित जम्मा ५ जना छन् । आइसियूमा २८, एचडियूमा २५ र सामान्य आइसोलेसन बेडमा ३२ संक्रमित छन् ।


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



