
सप्तरिमा डुबेर एकै वर्ष २१ जनाकाे मृत्यु
चितवन । सप्तरिकाे राजगढ गाँउपालिका ३ नर्घाेका घुरन रामका ७ वर्षीय छाेरा उमेश रामकाे पाेखरिमा डुबेर साेमबार मृत्यु भएकाे हाे । राजविराज नगरपालिका ११ चनाैरामा मामाघर आएका उनकाे साेहि स्थानमा रहेकाे पाेखरिमा नुहाउने क्रममा डुबेर मृत्यु भएकाे हाे ।
रुपनी गाँउपालिका १ का अबधीरामा यादवका ६ वर्षीय छाेरा युवराजकुमार यादवकाे घरछेउकाे माछा पाेखरिमा खेल्ने क्रममा गत साउन १५ गते डुबेर मृत्यु भएकाे थियाे ।
यस्तै भारतकाे सुपाैल जिल्ला कुनाैलि ग्राम पन्चायतका सिताराम मुखियाका ८ वर्षिया छाेरा विकास मुखियाकाे हनुमानगर कंकालिनी नगरपालिका १४ डल्बास्थित मामााघर आएका बेला गत साउन ११ गते काेसि नदिमा दाउरा छान्ने क्रममा डुबेर मृत्यु भयाे ।
साउन महिनाका १८ दिनमा मात्र सप्तरिमा मात्रै डुबेर मृत्यु भएका यी तिन घटना हुन् । तराइका जिल्लामा लापरबाहि का कारण डुबेर ज्यान गुमाउनेकाे संख्या बढ्दै गएकाे छ । आफन्तका घरमा पाहुना आउने बालबालिकाकाे पाेखरिमा नुहाउँदा र नदिमा खेल्ने क्रममा तथा पानि जमेकाे खाल्टाेमा डुबेर मृत्यु हुने घटना बढिरहेका छन् । जिल्ला प्रहरि सप्तरिका डीएसपी माधवप्रसाद काफ्लेले गत आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा २१ जनामा १६ महिने बालक देखि ८२ वर्षिय वृद्धसमेत रहेकाे प्रहरिले जनाएकाे छ । एक वर्षमा मृत्यु भएका २१ जनामध्ये १३ जना १७ वर्षमुनिका छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


