बेलौरी नगरपालिकाले कोभिड-१९ विरुद्धको खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग माग्यो अनुमति

कंचनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाले कोभिड-१९ विरुद्धको खोप खरिद गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसङ
अनुमती माग गरेको छ।

विश्वभर कोरोना महामारिको दोश्रो लहर तीव्र रुपमा बढीरहेकोले कोरोना रोकथाम तथा नियन्त्रण गर्ने सबैभन्दा उत्तम विकल्पहरु मध्ये खोप भएकाले कोभिड विरुद्ध आफै खोप खरिद गर्ने भन्दै नगरपालिकाले अनुमती दिन माग गरेको हो ।

नगरपालिकाले आफ्ना सबै १८ वर्ष पूरा भएका नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिन चाहेको र सरकार आर्थिक हिसाबले असमर्थ हुने भएमा सरकारको तर्फबाट उपलब्ध हुने र बाकी
आवश्यक खोप खरिद अनुमती पाए आफै रकम जुटाएर कोभिड-१९ विरुद्धको खोप खरिद गरिने नगर प्रमुख पोतिलाल चौधरीले बताए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु